आर्थिक

तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

१४ असार, काठमाडौं । आज सुनचाँदीकै भाउ बढेको छ। सुनको भाउ आज तोलामा ४ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८३ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको १० हजार ४ सय रुपैयाँ घटेको थियो।

सुनको भाउ गएको शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ३ सय २५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।