ब्रेकिङ न्युज

भेनेजुएला भूकम्पमा परेका व्यक्तिको ८ दिनपछि जीवितै उद्धार

१९ असार, काठमाडौं । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि फसिरहेका एक पुरुषको जीवितै उद्धार गरिएको छ ।

उद्धारकर्मीहरूले हर्नान गिल नाम गरेका ती पुरुषलाई १४० टन भग्नावशेषमुनि पहिलोपटक फेला पारेको १०० घण्टाभन्दा बढीको कठिन प्रयासपछि सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका हुन् ।

यसअघि उद्धार कार्यमा खटिएका चिलीका एक अग्निनियन्त्रकले यो अभियानलाई आफूले अहिलेसम्म सामना गरेको सबैभन्दा जटिल र प्राविधिक रूपमा कठिन उद्धार कार्यका रूपमा वर्णन गरेका थिए ।

२४ जुनमा भेनेजुएलामा आएको भूकम्पमा परी हालसम्म झन्डै २३ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दशौँ हजार मानिस अझै बेपत्ता छन् ।

लबदष्
िकोस्टारिका रेडक्रसका प्यारामेडिक एलन माड्रिगलले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस कठिन परीक्षाबाट गिल पूर्ण रूपमा सकुशल बाहिर निस्किएको बताए ।

माड्रिगलले गत आइतबार पहिलोपटक भग्नावशेषभित्रबाट आएको गिलको मधुरो आवाज सुनेका थिए ।

“त्यो निकै भावुक क्षण थियो,” उनले सम्झँदै भने, “सुरुमा त मलाई आफ्नै कानमाथि विश्वास लागेन । त्यसपछि मैले आफ्नो साथीलाई म भ्रममा त छैन रु भनेर पुष्टि गर्न आग्रह गरेँ ।”

त्यही समयदेखि उद्धारकर्ताहरूले ती सुरक्षा गार्डलाई बाहिर निकाल्न तीव्र रूपमा भग्नावशेष हटाउने काम सुरु गरेका थिए ।

भूकम्प आउँदा गिल एउटा मलसँग जोडिएको पार्किङ क्षेत्रको बेसमेन्टमा रहेको कंक्रिटको सानो सुरक्षा कक्षमा ड्युटीमा थिए ।

भग्नावशेष खस्दा उक्त कंक्रिटको बुथले उनको वरिपरि सुरक्षा कवचको काम गरेको देखिन्छ, जसका कारण उनी माथिबाट खसेको १४० टन भग्नावशेषबाट जोगिएका थिए ।

उनीसम्म पुग्न उद्धारकर्ताहरूले बनाएको सुरुङका केही भाग पटक–पटक भत्किएका थिए, जसले गिलका साथै उद्धारकर्ताहरूको ज्यानसमेत कति ठूलो जोखिममा थियो ।

रातभरको प्रयासपछि खोजी टोलीले अन्ततः ती जीवित व्यक्तिसँग प्रत्यक्ष दृश्य सम्पर्क स्थापित गर्न सफल भएको थियो ।

गिल फसिरहेको भग्नावशेषभित्र छिराइएको सानो क्यामेराले खिचेको भिडियोमा चिलीका एक अग्निनियन्त्रकले उनलाई आफ्नो टाउको क्यामेरातर्फ फर्काउन आग्रह गरिरहेको सुन्न सकिन्छ ।

उद्धार कार्यका क्रममा उड्ने धुलो र भग्नावशेषका सूक्ष्म कणबाट जोगाउन उद्धारकर्ताहरूले पहिले नै एउटा सानो प्वालबाट उनलाई फेस मास्क पठाइदिएका थिए, जुन उनले लगाइरहेका थिए । उनको एउटा आँखा भने रातो देखिएको थियो ।

उद्धारकर्ताहरूले उनको वरिपरिको भग्नावशेष सावधानीपूर्वक हटाइरहँदा ती अग्निनियन्त्रकले आँखाको सुरक्षाका लागि चस्मा लगाउन पनि आग्रह गरेका थिए । बिबिसी