९ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।
बैंकले वरिष्ठ प्रबन्धकदेखि वरिष्ठ सहायकसम्म विभिन्न प्रशासन, कानुन, लेखा, सूचना प्रविधि, इन्जिनियरिङ, कृषि तथा नगद सेवाका पदमा कर्मचारी माग गरेको हो।
अनलाइनबाट मात्र आवेदन दिन सकिने छ ।
आवेदन गर्ने अन्तिम मिति साउन ७ गते
र दोब्बर दस्तुरसहित साउन १४ गतेसम्म
आवेदन दिन सकिने छ ।
लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने जनाइएको छ।
उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, नागरिकता, अनुभव तथा आवश्यक प्रमाणपत्रहरू स्क्यान गरी अनलाइन आवेदनसँगै अपलोड गर्नुपर्नेछ।
सरकारी बैंकमा स्थायी जागिरको अवसर खोजिरहेका योग्य नेपाली नागरिकलाई समयमै आवेदन दिन बैंकले अनुरोध गरेको छ।









