१९ असार, काठमाडौं । धनगढीबाट बैतडीतर्फ गएको बस दुर्घटना भएको छ।
आज अपराह्न बैतडीको पाटन नगरपालिका–८ स्थत गैरापाटनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।
प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।
घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टले १६ जना घाइतेको उद्धार गरिएको बताए। अहिले उद्धार कार्य जारी रहेको उनले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।





