समाचार

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

१९ असार, काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदका लागि मोरङका मानबहादुर कार्कीलाई सिफारिस गरेको छ।

शुक्रबार प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष बालेन शाहको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद्ले निर्वाचन आयुक्त पदका लागि पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बा र अवकाशप्राप्त सरकारी वकिल गुरु वाग्लेको नाम पनि सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेपछि निर्वाचन आयोग कार्यवाहक नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। परिषद्को सिफारिससँगै आयोगले स्थायी नेतृत्व पाउने प्रक्रिया अघि बढेको छ।