गण्डकी प्रदेश

नवजात छोरीका नाममा १० हजारको मुद्दती खाता खोलिदिने घोषणा

२७असार, गलकोट । बागलुङ नगरपालिकाले नवजात छोरीका नाममा १० हजार रुपैयाँको मुद्दती खाता उपहारस्वरूप खोलिदिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०र८१ देखि सञ्चालनमा रहेको ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो । आउँदो आर्थिक वर्षदेखि उक्त रकम दोब्बरले बढाइएको हो ।

हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा उक्त रकमको बैंक खाता खोलिने बताए ।

हालसम्म ३०० छोरीका नाममा पाँच हजारका दरले १५ लाख रुपैयाँ जम्मा गरिएको छ । जम्मा गरिएको उक्त रकम खातावाल छोरीको उमेर २० वर्ष नपुगेसम्म निकाल्न पाइँदैन ।