आर्थिक

केही दिनदेखि लगातार बढ्दै आएको विदेशी मुद्राको मूल्यमा आज गिरावट

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।

विगत केही दिनदेखि निरन्तर बढ्दै आएको सबैजसो विदेशी मुद्राको मूल्य आज घटेको हो।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ १७ र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ६९ र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ३१ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ८५ र बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ०९ र बिक्रीदर ४०९ रुपैयाँ ६८ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।।