आर्थिक

नबिल कार्ड प्रयोगकर्ताहरुलाई विषेश छुट

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । नबिल बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ ।

उक्त विषेश छुट डाक्टर परामर्श शुल्क, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको निवारक स्वास्थ्य प्याकेज बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ ।

ूग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप ग्रान्डी अन्तराष्ट्रिय अस्पतालसंगको यस सम्झौता भएको घोषणा गर्न पाउँदा हामीलाई खुशि लागेकोछ । यस सहकार्यले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई लाभ पुग्ने हामीलाई विश्वास छ । ू नबिल बैंक लिमिटेडका कार्ड तथा ई बैंकिङ प्रमुख श्री निरज शर्माले भने ।

ग्रान्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. मोहन दुबेका अनुसार नेपाली नागरिकलाई सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेकोछ र यो सम्झौताले राष्ट्र सेवामा एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।

पहिलो रोजाईको बैंक बन्ने लक्ष्यका साथ बैंकले ५२ वटा शाखा सञ्जाल ,९० व टा एटिएम,१,४०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु देशव्यापी र विश्वभरका धेरै एजेन्टहरु मार्फत् नबिल बैंक लिमिटेडले सेवा प्रदान गर्दै आएका नेबिल बैंैकले जनाएको छ ।

हालै नबिल बैंंकले “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान समेत प्राप्त गरेको छ ।