काठमाण्डौ । ललितपुरको एक स्कुलमा प्रेसर कुकर बम भेटिएको छ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीमा बम भेटिएको हो । स्कुलको गेटमा नयाँ प्रेसर कुकर बम भेटिएको एसएसपी पिताम्बर अधिकारीले सुर्यखबरलाई बताए ।त्यो क्षेत्रमा अहिले प्रहरी परिचालन गरिएको उनले बताए ।
अहिले उक्त बमलाई प्रहरीको डिस्पोजल टोलीले डिस्पोज गर्दै गरेको उनले बताए । बेलैमा प्रहरीलाई जानकारी भएकोले कुनै क्षति हुन नपाएको अधिकारीले बताए ।
सो स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नाममा पर्चा भेटिएको बताइएको छ ।