राजनीति

टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदेउ: एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ ।एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको छ ।

लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको ठहर छ ।

‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन धनको क्षतिबाट समग्र नेपाली समाज आहत भएको घटना ताजै छ भन्दै शनिबार राजधानी दैनिकमा जिवनाथ शिवाकोटीले समाचार लेखेका छन् ।