अन्तर्राष्ट्रिय

सैनिक शक्तिमा भारत र पाकिस्तान कुनाचाहि शक्तिशाली ? (भित्री रिपोर्टसहित)

एजेन्सी । भारत र पाकिस्तानबीचको सम्बन्धमा पछिल्लो समय निकै ठूलो तिक्तता आएको छ । परम्परागत रुपमै (हिन्दुस्तान र पाकिस्तान छुट्टिए देखिनै) दुश्मनका रुपमा रहेका यी दुई देशबीच पछिल्लो एउटा घटनादेखि सम्बन्ध थप उत्कर्षमा पुगेको हो । भारत अधिनस्थ काश्मिरको उरीमा आतंकवादीहरुको आक्रमणमा परेर १७ जना भारतीय सैनिकहरुको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनाबग्रस्त बनिरहेको छ । यद्यपि, यी दुई देशबीचमा ठूला उत्तार चढाव आउनुमा यो घटनामात्र दोषी भने छैन । यी दुई देश अहिले आइपरेमा युद्धनै गर्ने तयारीमा देखिएका छन् । यदि युद्धनै भइहाल्यो भने यी दुई देशको सैनिक शक्ति कसको कति रहेको छ त रु यो विषयमा हामीले संक्षिप्त रुपमा तुलना गर्ने प्रयास गरेका छौ ।

भारत
एसिया मात्र होइन विश्वकै प्रभावशाली राष्ट्रहरुमध्ये एक हो भारत । भारतको जनसंख्या १ अर्ब २३ करोड ६३ लाख ४४ हजार ६ सय ३१ रहेको छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विज्ञान–प्रविधिमा समेत निकै अघि देखिएको यो मुलुक एसियामा क्षेत्रीय शक्तिको रुपमा स्थापित हुने तरखरमा रहेको छ । आणविक शक्तिको समेत विकास गरिसकेको भारतले ब्यालेष्टिक क्षेप्यास्त्र लगायतका अत्याधुनिक हतियारहरुको समेत निर्माण गरिसकेको छ । उसलाई अमेरिका, ब्रिटेन लगायतका मुलुकहरुले काखी च्यापिरहेका छन् । भारतको सैनिक शक्तिलाई हामीले तल थप उल्लेख गरेका छौ ।

भारतीय सैनिक शक्तिः सैनिक संख्या, १३ लाख २५ हजार

स्थल सेनाको फोर्सः भारतीय सेनाका विभिन्न किसिमका शसस्त्र युद्धमा प्रयोग हुने टयांकरहरु ६ हजार ४ सय ६४ प्रकारका रहेका छन् । यो सैनिश शक्तिको अन्य सशस्त्र युद्धका लागि प्रयोग हुने साधनहरु ६ हजार ७ सय ४ वटा रहेका छन् भने अत्याधुनिक राइफल २ सय ९० प्रकारका रहेको बताइएको छ । त्यस्तै, तयारीका साथ रहेका ७ हजार ४ सय १४ वटा अन्य सैनिक साधनहरु रहेका छन् यी सैनिक साधनहरुबारे भारतले त्यति धेरै कुरा बाहिर ल्याएको छैन । त्यसैगरी यो सेनाको बहुप्रविधियुक्त लामो दूरीका रकेटहरु २ सय भन्दा बढी रहेको तथ्यांक प्राप्त भएको छ ।

भारतीय हवाई सेनाको शक्ति:

भारतीय हवाई सेनासँग अहिले १ हजार, ९ सय ५ वटा एयरक्राफ्टहरु रहेका छन् । आन्तारिक अत्याधुनिक लडाकु विमान ६ सय २९ वटा रहेका छन् भने आक्रमक एयरक्राफ्ट ७ सय ६१ वटा रहेका छन् । उनीहरुसँग ट्रान्सपोर्ट एयरक्राफ्ट ६ सय ६७ वटा रहेका छन् भने तालिमका लागि तैनाथ एयरक्राफ्ट २ सय ६३ वटा रहेका छन् । युद्धका लागि लडाकु हेलिकोप्टर ५ सय ८४ वटा रहेका छन् । आक्रमक हेलिकोप्टर २० वटा रहेका छन् ।

त्यस्तै,भारतीय सेनासँग जम्मा २ सय २ वटा नभल पावरसँग (नौसेना जसलाई समुद्री अर्थात जल सेना समेत भनिन्छ) सम्बन्धित सैन्य हतियार र साधनहरु रहेको तथ्यांक भेटिएको छ ।
पाकिस्तान
पाकिस्तान पनि एसियाको प्रभावशाली राष्ट्रहरुमध्येमा पर्छ । भारतमा निकै सानो राष्ट्र भएपनि यो देशले गरेको सैनिक शक्तिको विकासले विश्वलाई चकित पारिरहेको छ । देश र क्षमताभन्दा निकै धेरै सैनिक क्षमताको विकास गरेको भनिएको यो मुलुकल आणविक हतियारहरुको समेत विकास गरिसकेको छ । १९ करोड ६१ लाख ७४ हजार ३ सय ८० जनसंख्या रहेको पाकिस्तानले विश्वकै ठूलो जनसंख्या मध्ये एक भएको भारतसँग लड्ने तयारी गर्नुनै उसले गरेको अहिलेसम्मको चामत्कारिक सैन्य विकासले गर्दा हो ।

भारतको हेरी पाकिस्तानसँग आधा थोरै देखिन्छ तर उसले भारतलाई हावाकावा पारिरहेको छ । यद्यपि, एसियामा पाकिस्तानलाई चीन र रुसजस्ता शक्ति राष्ट्रहरुले समेत साथ दिइरहेका छन् । त्यसकारण पनि उसले भारतसँग लड्ने तयारी गरेको बुझ्न सकिन्छ ।

पाकिस्तानको सैनिक शक्ति स् सैनिक संख्या, ६ लाख १७ हजार

स्थल सेनाको फोर्सः पाकिस्तानको सेनासँग युद्धमा प्रयोग हुने ट्यांकरहरु २ हजार ९ सय २४ प्रकारका रहेका छन् । उक्त सेनाका फाइटर साधनहरु २ हजार ८ सय २८ वटा रहेका छन् भने अत्याधुनिक राइफल ४ सय ६५ प्रकारका रहेको बताइन्छ । पाकिस्तानी सेनासँग टुवेड अर्टिलरी ३ हजार २ सय ७८ वटा रहेको छन् भने बहुप्राविधिक रकेटहरु १ सय १४ वटा रहेको बताइएको छ ।

पाकिस्तानी हवाई सेनाको शक्तिः
पाकिस्तानी सेनासँग ९ सय १४ वटा एयरक्राफ्ट रहेका छन् । तीमध्ये आन्तारिक लडाकु विमान ३ सय ८७ वटा रहेका छन् । आक्रमक एयरक्राफ्ट ३ सय ८७ वटा रहेका छन् भने ट्रान्सपोर्ट एयरक्राफ्ट २ सय ७८ वटा रहेका छन् । त्यस्तै, तत्काल तालिमका लागि तैनाथ एयरक्राफ्ट १ सय ७० वटा रहेका छन् । लडाकु हेलिकोप्टर १ सय ७० वटा रहेका छन् । आक्रमक हेलिकोप्टर ४८ वटा रहेका छन् ।

त्यस्तै, पाकिस्तानी सेनासँग ७४ वटा नभल पावरसँग सम्बन्धित शक्तिशाली हतियार र साधनहरु रहेका छन् । जसलाई नौसेना अर्थात जल र समुद्री सेनाको शक्ति भनेर चिनिन्छ । यसो हेर्दा भारतीय सेनाको दाँजोमा पाकिस्तानी सेनाको शक्ति कम देखिए पनि उसले भारतसँग लड्ने तयारी कसरी गर्दैछ त ? भन्ने कौतुहल सबैमा लागेको छ ।

भनिन्छ, विश्वका आणविक शक्ति राष्ट्रहरुमध्ये पाकिस्तान पनि एक हो र उसको आन्तरिक आणविक तयारी भने निकै ठूलो हुनसक्ने धेरैको अनुमान छ ,जसलाई चीन र रुसले समेत साथ दिइरहेका छन् । चीन र रुस आफैमा आणविक शक्तिमा विश्व महाशक्ति राष्ट्रको रुपमा चिनिएका मुलुकहरु हुन् ।