अन्तर्राष्ट्रिय

रुसद्धारा अमेरिकासँग भएको एउटा महत्वपूर्ण सम्झौता स्थगित

एजेन्सी– रुसले अस्त्र बनाउन प्रयोग हुने प्लुटोनियम नष्ट गर्ने सम्झौता स्थगित भएको जनाएको छ । अमेरिकासँग केही समयअघि भएको सम्झौता र बहस रुसले एक्कासि स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक अध्यायदेश जारी गरेरै सो सम्झौता निलम्बन गरेको जनाइएको छ । पुटिनले जारी गरेको अध्यायदेशमा भनिएको छ, ‘अमेरिकीहरुले गरेका उनकै शब्दमा अमैत्रीपूर्ण व्यवहारको बदलामा त्यस्तो निर्णय लिइएको हो ।’

सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएको केहि महिना पछि नै अमेरिका र रुसले अस्त्र गुणस्तरको ३४ टन प्लुटोनियम नष्ट गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यति मात्राको प्लुटोनियमबाट १७ हजार वटा परमाणु अस्त्र निर्माण गर्न पर्याप्त हुने बताइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले रुस विरुद्ध अमैत्रीपूर्ण कदमहरु चालेको र त्यसबाट रणनीतिक स्थिरतालाई जोखिममा पारेको आरोप समेत लगाएका छन् ।