पु.समाचार

मेरो लागी गुटभन्दा मुलुक ठूलो : डा. कोईराला

सुर्यखबर सम्बाददाता,

नवलपरासी । नेपाली काँग्रेसका माहमन्त्री डा. शसाँक कोइरालाले आफूलाई गुटभन्दा मुलुक र प्रजातन्त्र प्यारो भएको बताएका छन् ।
नवलपरासीको कावासोतीमा प्रेसयूनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै तीन दलको सहमतिबिना संबिधान सँसोधन हुन नसक्ने ठोकुवा गर्दै मधेसकेन्द्रीत र अन्य दलहरुसँग छलफल गरेर संबिधान सँसोधन गर्नुपर्ने धारणा राखेका छन् ।

पहिला सीमाङ्कनको बिबाद टुँग्याएरमात्र गरिएको तीनैतहको निर्बाचनले सँबिधान कार्यान्वयनमा सहजता आउने कोईरालाले बिचार राखेका छन् ।

महामन्त्री कोईरालाले आफूहरुले कार्तिक ४ गते काँग्रेसको केन्द्रीय समिति बैठकमा छलफल गरि संबिधान सँसोधन लगायतका बिषयमा पार्टीको आधिकारिक धारणा आउने दाबी समेत गरेका छन् ।

उक्त भेटघाट कार्यक्रममा केन्द्रीय नेताहरु गुरुराज घिमिरे, रामचन्द्र नेपाली, देबेन्द्रराज कँडेल लगायतले समेत आफ्नो धारणा राखेका थिए ।
बिरामी भएपछि खासै सार्बजनिक कार्यक्रममा देखा नपर्ने बिपी पुत्र समेत रहेका महामन्त्री कोईरालाको बिचारले नेपाली काँग्रेसभित्र तरँग उतपन्न गर्ने काँग्रेस कार्यकर्ताहरु बताउछन् ।

डा. कोईरालाको कार्यक्रममा उपस्थीति स्थानीय नेता कार्यकर्ताहरु

congress-program