आर्थिक

चिलिमेको प्रसारण लाइन सव स्टेसन निर्माणको काम अन्योलमा

काठमाडौं । रसुवाको गोल्जुङ धम्बुचेतमा केन्द्र बनाएर निर्माण गर्न लागिएको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनको सवस्टेसन निर्माण जग्गाको मुआव्जा विवादले अन्योलमा परेको छ ।

सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गाधनीले प्रचलित मूल्यभन्दा निकै महँगो दाबी गरेका छन् ।

चिलिमे त्रिशुली प्रसारणलाइन परियोजनाले जग्गाधनीलाई प्रतिआना ८० हजारदेखि १ लाख रुपैयाँ दिन सहमति जनाएपनि २ लाख रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँ पाउनुपर्ने जग्गाधनीको अडानका कारण निर्माण अघि बढ्न नसकेको हो ।

प्रसारण लाइन केन्द्र निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण नहुँदा निर्माणको काम अन्योल भएको चिलिमे त्रिशुली परियोजना हबका प्रमुख केदार सिलवालले बताएको जनाउँदै आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।