अन्तर्राष्ट्रिय

डोनल्ड ट्रम्पको हिलारी क्लिन्टलाई चर्को आरोप

एजेन्सी– अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकनका उम्मेद्धार डोनल्ड ट्रम्पले प्रतिद्धन्द्धी डेमोक्रेटिक पार्टीकी उम्मेद्धार हिलारी क्लिन्टनलाई अनौठो आरोप लगाएका छन् । ट्रम्पले पछिल्लो टेलिभिजन बहसपूर्व क्लिन्टनले कुनै प्रकारको औषधी प्रयोग गरेका आरोप लगाएका हुन् ।

ट्रम्पमाथि पछिल्ला दिन यौन दुव्र्यवहारका आरोपहरु लागेपछि उनले पनि प्रतिद्धन्द्धी क्लिन्टनमाथि निकै चर्को आरोपहरु लगाइरहेका छन् । क्लिन्टनमाथि ट्रम्पका व्यक्तिगत आक्रमणहरु बढ्दै गइरहेका छन् । ट्रम्पले आफु राष्ट्रपति भएर क्लिन्टललाई हिरासतमा राख्नसक्ने चेतावनी समेत दिँदै आइरहेका छन् ।