आर्थिक

सिभिल बैकको एकिकृत कारोवार शुरु

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृती प्राप्त भएपश्चात सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी एक आपसमा गाभिई आईतबारबाट संयुक्त कारोवार शुरु गरेको छ ।

मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।

यो मर्जर पश्चात बैंकको शाखा संख्या ५१ पुगेको छ । रु २३ करोडचुक्तापुँजी रहेको युनिकफाईनान्स र रु २२ करोड चुक्तापुँजी रहेको हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सिभिल बैंकको चुक्तापुँजी यो खरिद पछी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

यस मर्जरबाट बैंकको व्यवसायगर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो । T-24 नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । साथै २०७४ असाढ मसान्त सम्म बैंकको चुक्तापुँजी ८ अर्ब पु¥याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीय सँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख-कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् ।