राजनीति

मधेसी मोर्चाको फेरि अर्को तयारी

काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुन अर्को मधेस आन्दोलनको तयारीमा जुटेको छ । संविधान संशोधनमार्फत आफ्ना माग पुरा गराउन सत्तारुढ दल अग्रसर नभएको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको हो।

मोर्चाले छठ पर्व लगत्तै आन्दोलन गर्ने गरी गृहकार्य थालेको छ। कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीइ गठबन्धनबीच भएको ३ बुदेँ सहमतिअनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै मोर्चाका नेताहरु आन्दोलनको तयारीमा जुटेका हुन् भन्दै सोमबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।