पु.समाचार

यस्तो रहेछ नेपालमा लागू औषध कारोबारीहरुको जमघट बढ्नुको भित्री कारण

काठमाण्डौ । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जव कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ।

कम सजाय भएकाले धेरै विदेशी कारोवारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन् । नेपालमा ३१ देशका लागू औषध कारोबारीहरुले ट्रान्जिट बनाउने गरेको खुलेको छ ।

सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए। एयरपोर्ट सुरक्षा र रुट फेरेर लैजादा सहज हुने भएकाले उनीहरुले नेपाल रोज्ने गरेका छन् भन्दै सोमबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।