समाचार

लोपोन्मुख जातिको अजिंगर फेला पर्यो

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय बासिन्दा रुपलाल चौधरीको धान खेतमा अजिङ्गर देखे पछि इलाका वन कार्यालय ब्रह्मदेवमा खबर गरेका थिए ।

इलाका वन कार्यालयका वन रक्षक उमेशबहादुर सिंहले फेला परेको अजिङ्गर सात फिट लामो र छ किलो तौलको रहेको बताए ।

अजिङ्गरलाई वन रक्षकको टोलीले सोमबारनै उद्धार गरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा बुझाएको छ । अजिङ्गर चुरे क्षेत्रको गणेश सामुदायिक वनबाट बस्तीतर्फ आएको हुनसक्ने बताइएको छ । रासस