पु.समाचार

चितवनको दारेचोकमा बोलेरो भ्यान दुर्घटना

चितवन । चितवनको दारेचोकमा भ्यान दुर्घटना भएको छ । गएराती पृथ्वी राजमार्ग अन्तर्गत ग २ च ३८१५ नम्बरको बोलेरो भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा करिब डेढ दर्जन यात्रु घाइते भएको बताइएको छ ।

भ्यान दारेचोक–२ स्थित सडकबाट २० मिटर तल खोल्सामा खसेको बताइएको छ । घाइते एकजनाका अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । अन्य सबै घाइतेको चितवन मेडिकल कलेजमा उपचार भैरहेको जनाइएको छ ।