राजनीति

सांसद यादवको डेरा चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्यो

काठमाण्डौ । केही दिनअघि दसैं मान्न घर गएका नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको डेरामा चोरी भयो । काठमाण्डुको कोटेश्वरमा डेरा गरी बस्ने उनी आफ्नो गृहजिल्ला धनुषामा दसैं मान्न गएको बेला उनको डेराबाट सुनका गरगहना।

ल्यापटप र केही नगद गरी झण्डै २ लाख बराबरको सामान चोरी भएको थियो तर ती सबै सामान प्रहरीले चोरबाट फिर्ता गराउन सफल भएको छ । सांसदको डेरामा चोरी गर्ने चोरलाई पक्राउ  गर्न प्रहरी सफल भएको र सांसद यादवका चोरी भएका सामान फिर्ता गर्न समेत सफल भएको जनाइएको छ ।
सांसद यादवको डेरामा चोरीमा संलग्न हुने काठमाण्डौ डिल्ली बजारका राजिव नकर्मी र खोटाङका सुनिल राईलाई आइतबार प्रहरीले पक्राउ गर्न सफल भएको हो ।