पु.समाचार

त्रिशुलीमा फेरि अर्को बस दुर्घटना

काठमाण्डौ । मंगलबार राती त्रिशुलीमा फेरि अर्को बस दुर्घटना भएको छ । काठमाण्डौबाट भैरहवातर्फ हिँडेको लु१ ख ७३७१ नम्बरको बस त्रिसुली नदीमा खसेको हो । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।  बस नारायणगढ–मुग्लिन सडक खण्डको दहाखानी गाविस–६ रिद्धिखोला नजिकै दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा करिब १ दर्जनको जिवितै उद्धार गरिएको बताइएको छ । बस बेलुका करिब पौने ९ बजे नदीमा खसेको अनुमान गरिएको छ । केही यात्रु नदीमा हराइरहेको अनुमान गरिएको छ । गाडीमा कति यात्रु थिए भन्ने एकिन हुन सकेको छैन । दुर्घटनास्थलमा प्रहरीले बेपता यात्रुहरुको खोजी गरिरहेको जनाएको छ ।