पु.समाचार

कांग्रेस सभापति देउवा सकसमा परे

काठमाडौं । सभापति निर्वाचन भएको दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था कांग्रेस विधानमा छ । तर, सभापति शेरबहादुर देउवाले निर्वाचित भएको सात महिनासम्म पनि पार्टीका विभिन्न निकायलाई पूर्णता दिन सकेका छैनन् ।

आन्तरिक समीकरण मिलाउन समस्या परेपछि उपसभापति, महामन्त्री मनोनयन गर्नसमेत देउवालाई सकस परेको छ ।

तीनपटक गरेर ११ केन्द्रीय सदस्य मनोनित गरे पनि अझै १० केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

दुई महनाभित्रै गठन गर्नुपर्ने १० विभाग, केन्द्रीय कार्यसम्पादन समितिजस्ता पार्टीका प्रमुख संयन्त्रलाई पनि पूर्णता दिन देउवाले सकेका छैनन् । पार्टी प्रवक्ता चयन गर्न पनि उनले ढिलाई गरेका छन् भन्दै बुधबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।