राजनीति

बुधबार प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गर्ने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल बुधबार संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले समसामयिक, सरकारको कामकारबाही र भर्खरै सम्पन्न गोआ भ्रमणबारे संसदमा जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले दिउँसो ३ बजे संसदमा सम्बोधन गर्न लागेको सभामुख ओनसरी घर्तीले आफ्नो ट्वीटमार्फत सुचना दिएकी छन् ।

मंगलबार संसद बैठकमा केही सांसदहरुले प्रधानमन्त्री दाहालको गोआ भ्रमण र त्यहाँ भएको त्रिदेशीय छलफलका बारेमा जवाफ मागेका थिए । प्रधानममन्त्री दाहाले यिनै विषयहरुलाई मध्यनजर गर्दै सम्बोधनका क्रममा जवाफ दिने अनुमान गरिएको छ ।