अन्तर्राष्ट्रिय

ट्रम्प रोइकराई बन्द गर: ओबामा

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन तर्फका राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पलाई रोइकराई बन्द गर्न आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा आफुविरुद्ध धाँधली हुने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै राष्ट्रपति ओवामा सो आग्रह गरेका हुन् ।

राष्ट्रपति ओबाामाले अमरिकी राष्ट्रपति चुनावलाई बदनाम गर्न खोजेको समेत आरोप लगाए । ओबामाले अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा ट्रम्पले गरेको जस्तो प्रयास कहिल्यै नभएको समेत प्रस्ट पारे । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेको भन्दै त्यसको ओबामाले कडा आलोचना समेत गरे ।

मंगलबार अमेरिका भ्रमणमा रहेका इटालीका प्रधानमन्त्री माटेओ रेन्त्सीसँगको पत्रकार सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति ओबामाले ट्रम्पको कडा आलोचना गरेका हुन् । आगामी नोभेम्बर ८ मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले प्रतिस्पर्धा गर्दैछन् ।