आर्थिक

माथिल्लो तामोकोसी आयोजना २०७५ सम्ममा सम्पन्न हुने

काठमाडौं । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको छ ।

भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्याआएपछि बाँधस्थलको काम प्रभावित भएको थियो भन्दै शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।