खेलकुद

तरुण दलले दीपावली कप फुटबल प्रतियोगिता गर्ने

काठमाण्डौ । तरुण दल ७ नम्बर इकाई, चावहिलको आयोजनामा दीपावली कप सेभेन ए साइड भेट्रान फुटबल प्रतियोगिता कात्तिक १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक इकाईका अध्यक्ष मिलन जोशीले जनाएका छन् । १ टिममा १० खेलाडी हुनेछन् । त्यसमा ३५ वर्षमाथि र ४० वर्षमाथिका समान ५–५ खेलाडी हुनु पर्ने प्रावधान छ ।

विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । दुईदिने नकआउट प्रतियोगिताका खेलहरु चावहिलमा हुनेछ ।