पु.समाचार

बाघको आक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु

कावासोती, ५ कात्तिक-नवलपरासीको मध्यविन्दु–७ अम्रसाकी एक महिलाको बाघको आक्रमणमा परी ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेतिर जङ्गलमा घाँसदाउरा गर्न गएकी ४५ वर्षीया आज्ञावती रानामगरको ज्यान गएको हो ।

जङ्गल गएको मान्छे साँझसम्म घर नर्फकेपछि गाउँले र सशस्त्र प्रहरीले खोज्ने क्रममा अम्रसाको जङ्गलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा बाघले आक्रमण गरेको र दाँहिने खुट्टासमेत खाएको प्रहरीको भनाइ छ । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । मृतक रानाका १५ र ९ वर्षीय दुई छोरा छन् भने श्रीमान् रोजगारीका लागि विदेश गएको जनाइएको छ ।