अन्तर्राष्ट्रिय

उच्च सैनिक अधिकारीको गोली हानी हत्या

एजेन्सी । इजिप्टको उत्तरी क्षेत्र सिनाइएमा कार्यरत उच्च सैनिक अधिकारीलाई उनको घर नजिकै कायरोमा शनिबार गोली हानी हत्या गरिएको छ ।

इजिप्टको तनावग्रस्त सिनाइ प्रान्तमा सशस्त्र विभागको नेतृत्व सम्हाल्दै आएका ब्रिगेडियर जनरल अदेल रजाइलाई शनिबार उनकै घर अगाडि गोली हानी हत्या गरिएको थियो ।

घटनामा रजाइका ड्राइभरलाई समेत हत्या गरिएको छ भने उनका अङ्गरक्षक गम्भीर घाइते भएका छन् ।

रजाइका श्रीमतीका अनुसार तीन जना आक्रमणकारी घर अगाडि गाडीमा लुकेर बसेका र रजाइ घरबाट निस्किँदा साथ आक्रमण गरेका थिए । आक्रमणको तत्कालै कुनै समूहले जिम्मेवारी लिएको छैन ।