आर्थिक

तीन महिनामै भित्रिए २ खर्बका विदेशी सामान

काडमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब २० अर्ब ६० करोड रुपैयाँ बराबरका विदेशी सामान भित्रिएका छन् ।

निर्यात भने १८ अर्ब १० करोड रुपैयाँबराबरको मात्रै भएको छ । यो अवधिमा निर्यातभन्दा आयात ११.७ गुणा बढिरहेको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको भदौ र असोजमा मधेसी मोर्चा गरेको आन्दोलन र भारतको नाकाबन्दी वैदेशिक व्यावपारमा ठूलो अवरोध वेहोरेको थियो ।

नाकाबन्दीले न्यून मात्रै वस्तु आयात भएकोले यस वर्ष आयत उल्लेख्य बढेको तथ्यां देखिएको छ । कुल अयातको ६५ प्रतिशत भारतीय वस्तु भित्रने गरेका छन् । भारतबाट १ खर्ब ४३ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु भित्रिएको छ ।

नियार्नत भने आयातको ७ प्रतिशतमात्र छ । चीनमा निर्यातभन्दा आयत ८६ गुणा बढी छ । चीनबाट ३ अर्ब १० करोड र निर्यात ३८ करोडको मात्र छ भन्दै सोमबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।