एजेन्सी । रसियाको राजधानी मस्कोबाट करिब १८० किलोमिटर टाढा अवस्थित रयाजन सहरको एक विशाल अपार्टमेन्ट भवनमा विस्फोट हुँदा तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएका यहाँको आपतकालीन उद्धारका लागि खटाइएका अधिकारीले बताएका छन् । विस्फोट आइतबार साँझ भएको जनाइएको छ ।
भवनमा रहेको ग्यास विस्फोट भएपछि उक्त भवनमा रहेका करिब ६० जना मानिसलाई सुरक्षित उद्धार गरिएको छ ।
विस्फोटका कारण एघारतले भवनका उपल्ला केही तलामा क्षति भएको बताइएको छ ।