राजनीति

गृह मन्त्रालयमा राजनीतिक हस्तक्षेप

काठमाण्डौ । आर्थिक उपार्जनका लागि राम्रो ठानिएका जिल्लामा अलग अलग नेताका अभिभावकत्व बोकेका प्रमुख जिल्ला अधिकारीका आकांक्षी बढेपछि गृह मन्त्रालयले एक महिनाअघि सरुवा भएर आएका सहसचिव र उपसचिवको पदस्थापना गर्न सकेको छैन् ।

दैनिक काम कारबाहीका हिसावले महत्वपूर्णठानिएका विमानस्थलस्थित अध्यागमन कार्यालय, कारागार व्यवस्थापन विभाग र प्रहरी कितावखाना पनि नेतृत्व विहिन छन् ।

सचिवहरुको सरुवा र पदस्थापन नहुदाँ सिन्धुपाल्चोक, मकवानपुर र काभ्रे सिडिओ विहिन छन् भन्दै बिहीबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।