समाचार

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाण्डौ । नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक श्यामलाल सरावगी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार भारत गुजरातका उनले झुटो विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा वंशजको नागरिकता लिएका थिए । कुलेश्वर बस्दै आएका उनी गुजरात राज्य, भाजलपुरका हुन् ।

अनुसन्धानमा उनले सन् २००९ मा भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र लिएको र उनको बाबु घनश्याम सरावगी भारतमै रहेको सूचनाको आधारमा अनुसन्धान गर्दा झुटो विवरणका आधारमा वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाले जनाएको छ । बिहीबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।