खेलकुद

जगत गौचनले गरे नयाँ मार्सल आर्ट बज्रको स्थापना

काठमाण्डौ । नेपाली क्योकुसिन करातेका संस्थापक सिहान जगतप्रसाद गौचनले नयाँ मार्सल आर्टका रुपमा वज्रको प्रतिपादन गरेका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रका अध्यक्ष समेत रहेका गौचनले सोबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।

फेस पन्चिङ समावेश घरेलु मार्सल आर्ट वज्रमा शरीरको हरेक भागमा हात र खुट्टाले प्रहार नहुँदासम्म पूर्ण भिडन्त मान्न नसकिने अध्यक्ष गौचनले जानकारी गराए ।

पत्रकार सम्मेलनमा वज्रको अन्तर्राष्ट्रिय संस्था नेपालमै रहने बताइएको छ । संघले दुई वर्षभित्र विभिन्न राष्ट्रमा शाखा विस्तार गर्ने योजना बनाएको छ भने चार वर्षभित्र विश्व च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको छ ।