समाचार

तीनवटै सुरक्षा निकायले गर्ने भए एउटा महत्वपूर्ण काम

काठमाण्डौ । सरकारले तीनवटा सुरक्षा निकायसँग मिलेर हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको छ । उद्योगविगत १६ वर्षदेखि पूर्ण रुपमा बन्द छ । उद्योग राजनीतिक हस्तक्षेपको सिकार भएको थियो । असक्षम व्यवस्थापानका कारण उद्योग घाटामा गएपछि २०५७ सालदेखि बन्द गरिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार, सशस्त्र प्रहरी, सेना र प्रहरीको २५/२५ प्रतिशत सेयर लगानी गरी उद्योग सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

उनका अनुसार बन्द उद्योग सञ्चालनका लागि तीनवटै सुरक्षा निकायले सहमति जनाइसकेका छन् । उद्योग सञ्चालन गर्न पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरिने भएको छ ।

दोस्रो चरणमा उद्योगको कोष २५ करोड रुपैयाँसम्म पुर्याचउने लक्ष राखिएको छ भन्दै शुक्ररबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।