पु.समाचार

वीरगञ्ज–रक्सौल नाका फेरि ठप्प

काठमाडौं । भारतीयहरुले शुक्रबार वीरगन्ज रक्सौल नाका ठप्प पारेका छन् । वीरगन्ज उपमहानगरपालिका कार्यालयले नगरक्षेत्रबाट संकलित फोहर दसगजा क्षेत्रमा फालेर वातावरण प्रदुषित गरेको भन्दै उनीहरुले मितेरी पुलमा प्रदर्शनसहित वीरगन्ज रक्सौल नाका दुई घण्टा ठप्प पारेका थिए ।

भारतीयले दसगजा क्षेत्रमा पर्ने नेपाली मूमिमै प्रवेश गरेर शुक्रबार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नाराबाजी र प्रदर्शन गरेका थिए ।

उनीहरुले वीरगञ्ज उपमहानगरपालिका कार्यालयविरुद्ध नाराबाजी गरी कार्यालयविरुद्ध नाराबाजी गरी कार्यालयको पुत्ला दहन गरे ।

सीमाक्षेत्रमा फोहर फालिएको भन्दै भारत रक्सौलका स्थानीयले प्रदर्शन गरेको इनर्वा प्रहरी चौकीले जनाएको छ ।

दसगजा क्षेत्रमा उपमहानगरपालिकाले दैनिक ट्याक्टरमा ल्यार फोहर फालेको ले रक्सौलवासीको जनजीवन अत्यन्त्य कष्ठकर भएको भन्दै भारतीयले नाका ठप्प पारेका हुन् भन्दै शनिबारको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।