पु.समाचार

ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु

गौशाला । महोत्तरी जिल्लाको सहोडवा गाविसमा ट्र्याक्टरले ठक्कर दिँदा सहोडवा गाविस–६ बस्ने रामकुमार झाकी पत्नी ४० वर्षीया करुणादेवीको शुक्रबार मृत्यु भएको छ ।

शुक्रबार बेलुका सहोडवा–६ मा पैदल हिँडेर घरतिर आउँदै गरेकी झालाई ज१त ३१९४ नंको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकीमा उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिँदा उपचारका क्रममा गए राति मृत्यु भएको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

ट्र्याक्टर चालक फरार छन् । ट्र्याक्टर जिप्रका, महोत्तरीको नियन्त्रणमा रहेको जनाइएको छ । यसैबीच चोरी तस्करी गरी भारत लैजाँदै गरिएका १३ गाई र बाछा महोत्तरी प्रहरीले गए राति बरामद गरेको छ ।
प्रहरी चौकी सम्सीबाट सीमा सुरक्षाका लागि खटिगएको प्रहरी टोलीले रघुनापुर गाविस ८ स्थित वनको बाटाबाट आठ गाई र पाँच बाछो बरामद गरी आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाइएको प्रहरीले जनाएको छ । रासस