पु.समाचार

प्रचण्डले गरे चीनसँग जोडेर यस्तो खुलासा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ पक्षले भारतमै नेपालसँग सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । उनका अनुसार भारतको गोवामा पुनर्निर्माणसम्बन्धी सहयोग र सडक, रेल्वेलाइनसँग सम्बन्धित पूर्वाधार निर्माणका विषयमा सम्झौता गर्न चिनियाँ पक्षले जोड दिएको थियो ।

‘नेपाल र चीनबीच हुने सम्झौता कि त नेपालमै गर्नुपर्छ कि त बेइजिङमा गर्नु राम्रो हुन्छ भनेर त्यहाँ सम्झौता गरिएन’, प्रधानमन्त्री दाहालले भने । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई डिसेम्बरभित्रै नेपाल भ्रमण गर्न आफूहरूले लिखित प्रस्ताव राखेको पनि प्रधानमन्त्री दाहालले बताए ।

तर राष्ट्रपति सीले डिसेम्बरभित्र सम्भव नहुने र अर्को वर्ष हुन सक्ने जनाउ दिएको पनि दाहालले बताए । ‘चिनियाँ राष्ट्रपतिलाई सकेसम्म डिसेम्बरसम्म ल्याउने भनेर हामीले प्रतिनिधिमण्डल तहको छलफलमा लिखित रूपमा राखेकै थियौं । राष्ट्रपतिले म आउँछु, तयारी गरेर आउँछु भन्नुभएको हो । मसँग एक्लै कुरा हुँदा पनि म आउँछु । यही वर्षभित्रै त भन्न सक्दिन अर्को वर्ष लाग्न पनि सक्छ भन्नुभएको छ । हामी तयारी गर्दैछौं ।’

सम्बन्धित सरकारी निकाय र राष्ट्रपति कार्यालयको समझदारीमा भारतीय राष्ट्रपति आउने दिन बिदा दिने निर्णय मन्त्रिपरिषद्बाट निर्णय गरिएको पनि प्रधानमन्त्री दाहालले बताए । त्यसबारे प्रतिपक्षी दल एमालेसँग छलफल नगरिएको पनि उनले बताए । आइतबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।