राजनीति

सरकारले तयार पार्यो संविधान संशोधनको अन्तिम ड्राफ्ट

काठमाडौं – मधेसी गठबन्धनको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधनको अन्तिम ड्राफ्ट करिब तयार पारेको छ ।

संघीय गठबन्धन र अन्य राजनीतिक दलसँगको औपचारिक अनौपचारिक छलफलपछि सरकारले मसयौदाको अन्तिम प्रारुप तयार पारेको छ ।

मस्यौदामा सहमतिको खोजीका लागि सरकारले शनिबार पनि संघीय गठबन्धनका केही शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरेको छ ।

सरकारले संविधानका मुख्य चार विषयमा संविधान संशोधनको तयारी गरेको छ । नागरिकता, सीमांकन, भाषा र राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्वको विषयमा केन्द्रित रहेर संविधान संशोधनको तयारी भइरहेको छ । आइतबार को नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।