समाचार

दीपावली गर्दा राखेको दियोबाट आगो सल्केर मोरङमा भीषण आगलागी

मोरङ । मोरङको पथरीशनिश्चरे–८ स्थित जयमङ्गल खतिवडाको गाईगोठमा सोमबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा परेर दुई लाख ५० हजार भन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।

बिहान २ बजेतिर दीपावली गरेर राखेको माटोको दियोबाट आगो सल्किँदा गोठमा रहेको एउटा गाई, छ वटा बाख्रा मर्नुका साथै गोठ जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगो निभाउने क्रममा खतिवडाकी श्रीमती ५४ वर्षीया लोकमाया खतिवडा घाइते भएकी जनाइएको छ । उनको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको छ ।

आगोलाई दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आधा घन्टापछि नियन्त्रणमा लिइएको थियो ।