समाचार

इतिहासमै पहिलोपटक अमेरिकी राष्ट्रपतिले यसरी मनाए दिपावली !

एजेन्सी। यसबेला नेपाल लगायतका संसारका हिन्दु धर्म मान्ने लगायतका मानिसहरु दिपावली अर्थात तिहार मनाउन व्यस्त छन् । उज्यालो र बत्तीको पर्वको रुपमा चिनिने यो पर्वलाई विश्वभर मनाउने क्रम बढ्दै गएको छ । हिन्दुहरुले मात्र मनाउने भनिदै आएको यो पर्व अन्य धर्माबलम्बीहरुका लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ ।

वास्तवमा तिहार आफैमा उज्यालो पर्वको रुपमा चिनिनु र यसमा सबै मानव जातिको आकर्षण हुन बत्ती र उज्यालोको कारणले हो । बत्ती र उज्यालो जीवन दर्शनसँग जोडिएको विषय हो । जसलाई हरेक मानिसहरुले मान्ने गर्दछन् । हिन्दु धर्मको दृष्टिकोणमा तिहार र दिपावलीको आफ्नै खालको दर्शन र परिभाषा रहेको छ । तर संसारले मान्यता दिँदै विकास भैरहेको यो पर्वको दर्शन समेत अब फराकिलो हुने सम्भावना बढ्दै गएको छ ।

अमेरिकी राष्ट्रपतिले समेत मनाए दिपावली
बत्ती र उज्यालोलाई फरक र वैज्ञानिक ढंगले मान्यता दिँदै आएको अमेरिकी समाजमा पनि दिपावलीको प्रभाव बढदै गएको छ । त्यसो त अमेरिकामा सानो संख्यामा रहेका हिन्दुहरुको प्रभावले मात्र अमेरिकी समाजको दिपावलीप्रति स्नेह बढेको होइन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत सन् २०१६ को दिपावली ह्वाइट हाउसमा मनाएका छन् । यो अमेरिकी इतिहासमा त्यहाँका राष्ट्रपतिले सरकारी आवासमै चालेको पहिलो कदम पनि हो ।

उनले संसारभर उज्यालोको पर्व मनाइरहेका हिन्दु धर्माबलम्बीहरुलाई शुभकामना समेत दिएका छन् । उनले अमेरिकाको इतिहासमै पहिलोपटक दिपावली मनाउने अमेरिकी राष्ट्रपतिको रुपमा नाम लेख्न सफल भएका छन् ।

यसअघि अमेरिकाका कुनै राष्ट्रपतिले दिपावली मनाएका थिएनन् । उनले गर्बका साथ भनेका छन् दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति भएको छु । यद्यपि, राष्ट्रपति ओबामाले पत्नी मिसेलका साथमा सन् २००९ मा पनि राष्ट्रपतिकको नीजि आवासमा भने दिपावली मनाएका थिए ।

अमेरिकाको सरकारी आवास ह्वाइट हाउसको आधिकारिक फेसबुक र ट्वीटर पेजमा राष्ट्रपति ओबामाले दिपावलीको अवसरमा दिएको शुभकामना र दिपावली गर्दा गर्दैको तस्वीर पनि पोष्ट गरिएको छ । यसले के देखाउँछ भने दिपावली पर्व संसारभरको आकर्षक पर्वको रुपमा विकास भैरहेको छ ।

संयुक्त राष्ट्रसंघले पनि मनायो दिपावली
संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पहिलोपटक दिपावली मनाएको छ । न्युयोर्कस्थित राष्ट्रसंघ भवनमा बत्तीहरुको झिलिमिली प्रदर्शन गरेर उसले दिपावली मनाएको छ । राष्ट्रसंघ भवन बाहिरको आवरणमा ह्यापी दिवाली भनेर लेखिएको छ । त्यस्तै नेपाल, भारत, श्रीलंका लगायतका संसारका थुप्रै देशहरुमा समेत दिपावली मनाउने गरिन्छ ।