खेलकुद

शनिबार नेपाल टिमोरसँग भिड्दै

काठमाण्डौ । मलेसियामा सुरु भएको एएफसी सोलिडारिटी कप अन्तर्गतको पहिलो खेलमा नेपालले टिमोरसँग भिड्ने भएको छ ।

आठ महिनादेखि प्रतियोगिता बिहिन बनेको नेपाली राष्ट्रिय फुटबल टोलीले जापानी प्रशिक्षक कोजीको नेतृत्वमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको हो ।

आठ महिनाअघि कोजीकै नेतृत्वमा नेपाली टोलीले मलेसिया युथ २३ र लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । यसअघि बुधबारको पहिलो खेलमा बु्रनाइले ४–० ले टिमोरलाई पराजित गरेपछि नेपालको सेमिफाइनल प्रवेश लगभग निश्चित भएको अनुमान गरिएको छ । किनभने नेपालले टिमोरलाई आफुभन्दा निकै कमजोर टिमको रुपमा आंकलन गरेको छ ।