काठमाडौं । पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएको छ । सुरुमा सगोलमा व्यपार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समूहलाई सूपारी दिएर साथीको हत्या गर्न लगाउने गरेको पाइएको हो ।
सुनसरीको तरहरास्थित भोजपुरे लजमा मंगलबार धनकुटाका तोरणबहादुर पौडेल र लजका सञ्चालक जंग राई तथा असोजमा भोजपुरका प्रकाश खत्रीमाथि प्रहार भएको गोली काण्डको घटनामा हतियारधारी समूहले सुपारी लिएर ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार गरेको खुलासा भएको छ ।
भोजपुरे लजमा तीन महिनादेखि बस्दै आएका धनकुटाको चानुवा गाविसका पौडेल र लज सञ्चालक राईमाथि हतियारधारी समूहले ज्यान मार्ने उदेश्यका साथ गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो । शुक्रबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।