खेलकुद

शुक्रबार प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । शुक्रबारदेखि प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको चौथो संस्करण सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फा र नेपाली सेनाको संयुक्त आयोजनामा सो प्रतियोगिता सुरु हुन लागेको हो ।

ललितपुरको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नकआउटका आधारमा हुने भनिएको सो प्रतियोगितामा ३ विभागीय सहित ५ विकास क्षेत्र र भारतका २ गरी १० वटा टोलीको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।