समाचार

देउसीमा परपुरुषसँग नाचेको भन्दै श्रीमतीको हत्या

काठमाण्डौ । मदिरामा मात्तिएका एक पुरूषले देउसेसँग नाचेको निहुँमा श्रीमतीको हत्या गरेका छन्। नागार्जुन बस्ने राजकुमार विष्टले तिहारको लक्ष्मी पूजाको दिनमा कुटेर श्रीमतीको हत्या गरेका हुन् ।

साँझ भट्टीमा मदिरा पिएर फर्कदा श्रीमती लक्ष्मी बिष्ट विक देउसेसँग नाचिइरहेकी थिइन्। उनले परपुरूषसँग नाचेको भन्दै श्रीमतीलाई कोठामा लगेर आग्लोले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनले श्रीमती मृत अवस्थामा भेटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए । तत्कालै प्रहरीले उनलाई पक्राउ गरेको थियो भन्दै शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।