पु.समाचार

दिल्ली फर्कने बेलामा भारतीय राष्ट्रपतिले विज्ञप्ति जारी गरेरै बोले महत्वपूर्ण कुरा !

काठमाण्डौ । मैले नेपाल सरकार र नेपाली जनताबाट अत्याधिक न्यानोपन प्राप्त गरेँ । यसले नेपाल र भारतबीचको पुरानो बहुआयामिक र जनस्तरको सम्बन्ध प्रतिबिम्बित गरेको छ ।

मैले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, सबै राजनीतिक पक्ष र नागरिक समाजका व्यक्तित्वसँग उपयोगी छलफल गरेँ ।
स्वदेश फर्किनुअघि मुखर्जीले जारी गरेको विज्ञप्तिमा भनेका छन् । जसमा मैले नेपाली जनता र सरकारको प्राथमिकताका सबै क्षेत्रमा साझेदारी गर्ने भारतको वचनबद्धता सुनाएको छु । मैले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका लागि आग्रह गरेको छु, उहाँले स्वीकार गर्नुभएको छ ।

मेरो नेपाल भ्रमण मित्रताको मिसन भएको छ । नेपालसँगको विशिष्ट सम्बन्ध थप सुदृढ गर्ने भारतको चाहनालाई मेरो भ्रमणले प्रतिबिम्बित गरेको छ ।

नेपालको शान्ति, स्थायित्व र विकासमा सहयोग गर्न भारत प्रतिबद्ध छ । हाम्रो सम्बन्ध दुवै जनताको साझा हितका सन्दर्भमा थप सुदृढ हुने अपेक्षा लिएको छु भन्नै विज्ञप्तीसहितको समाचार शनिबारको नयाँ पत्रिका दैनिमा प्रकाशित छ ।