आर्थिक

बागमती नदीबाट २२ मेगावाट बिजुली निकालिदै

काठमाडौं । काठमाडोंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या ९ मा विसं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

बागमती साना जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाइड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए ।

२०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ । आइतबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।