खेलकुद

म्याराथन धाविका मिरा राई विश्वकै साहसिक व्यक्तिको पंक्तिमा

काठमाण्डौ । नेपालकी अल्ट्रा म्याराथन धाविका मिरा राई विश्वकै साहासिक १० व्यक्तिको सूचीमा परेका छन् । राई नेसनल जियोग्राफिकले सार्वजनिक गरेको एड्भेन्चर्स अफ द एयर, २०१७ को उत्कृष्ट खेलाडीहरुको सूचीमा परेकी हुन् ।

नेसनल जियोग्राफिकले राईसँगै विशवका १० खेलाडीलाई उक्त सूचीमा राखेको छ । लामो समय माओवादी युद्धमा सहभागी भएकी राईको घर भोजपुर हो । गत वर्षमात्र मिराले फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट ब्लंक म्याराथनमा प्रथम उपाधी हासिल गरेकी थिइन् । सन् २०१३ मा पुल्चोकी अल्ट्रा म्याराथन जितेपछि राईको चर्चा चुलिएको थियो ।

जियोग्राफिकले दिने सो उपाधिका लागि भोट गर्ने म्याद डिसेम्बर १६, २०१६ सम्म रहेको छ । विजेताको घोषणा भने सन् २०१७ को जनवरीमा हुने जनाइएको छ । बाह्र वर्षदेखि दिँइदै आएको अवार्डमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्नेको नाम छनौट गरिने जियोग्राफिकले जनाएको छ ।