पु.समाचार

प्रधानमन्त्री दाहालले दिए मुलुकमा गम्भीर संकट आउने संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन नभए मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न हुने बताएका छन् ।
उनले यो अवस्था आएमा संविधान क्रियाशिल गर्न नसकिने र त्यसपछि देश असफल राष्ट्रको बाटोतिर जाने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग बुधबार साँझ भएको भेटमा उनले आफू ३ वटा चुनौती बोकेर प्रधानमन्त्री भएको र ती चुनौती सामना गर्न मिडिया र राजनीतिक दलले सहयोग गरे आफू सफल हुने बताएका थिए । बिहीबारको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।