समाचार

अनाहकमा ५ महिना जेल !

काठमाडौं । फरार अभियुक्तसँग नाम र ठेगाना मिलेकै भारमा अनाहकमा एक निर्दोष व्यक्ति पाँच महिना १९ दिन जेल जीवन बिताउन बाध्य भएका छन् । सुन्दै अनौठो लाग्ने यो घटना सप्तरी जिल्ला अदालतको तहसिल शाखाको त्रुटी र लापरबाहीको कारण हुन गएको हो ।

अभियुक्तसँग नाम र उनको ठेगाना जुध्दा निर्दोष भएर पनिसप्तरीको कञ्चनरुप नगरपालिका ६ पिप्रा पूर्वटोल बस्ने फिरंगी मल्लाहका छोरा ५० वर्षीय रामफल मुखयिाले जेल बस्नुपर्यो । उनलाई ४ जेठ २०७३ मा जिल्ला अदालतबाट खटेको डोर कर्मचारीले पक्राउ गरेको छ ।

१३ कात्तिक, २०४२ मा अदालतले कञ्चनरुप नगरपालिका ६ पिप्रापूर्व टोल बस्ने रामफल मुखियालाई डाँका तथा थुनाबाट कैदी बन्दी भगाएको आरोपमा ६१ वर्ष ४ महिना १९ दिन कैद सजाय फैसला भएको थियो ।

त्यति बेलादेखि नै मुखिया फरार छन् । तर फरार अभियुक्तको खोजी र पक्राउ गर्ने क्रममा नाम र ठेगानामिलेकै भरमा अर्का निर्दोष व्यक्तिलाई जेलमा पु¥याइएको थियो । शुक्रबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।